समुदाय–प्रहरी साझेदारीलाई जनता बैंकको सहयोग

ज्ञानमाण्डू। महानगरीय प्रहरी परिसर, काठमाडौंले अपराध रोकथाम गर्ने, समाजिक बिकृति एवं विसंगति बिरुद्ध जनचेतना फैलाउने र सुरक्षा व्यबस्थापनमा जनसहयोग जुटाउदै समग्र सामुदायिक सुरक्षालाई अभिबृद्धि गर्ने उद्देश्यले मिति २०७५ कार्तिक ११ गते देखि कार्यान्वयनमा ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई जनता बैंकले सचेतनामुलक सामाग्री प्रदान गरेको छ । महानगरीय प्रहरी परिसर टेकुमा नबनिर्मित नागरिक सहायताकक्षको उद्घाटन कार्यक्रममा बैंकको सँस्थागत मामिला तथा सँस्थागत सामाजिक उत्तरदायित्व विभाग प्रमुख श्री छविलाल हुमागाई र ब्रान्डिङ प्रमुख श्री शैलेन्द नाथले बैंकको तर्फबाट १० प्रकारका २५,००० थान जानकारी मुलक स्टिकर प्रहरी महानिरिक्षक श्री शरबेन्द्र खनाललाई हस्तान्तरण गरे । उक्त स्टिकरहरु समुदायको प्रत्येक घरमा टाँस गर्ने कार्यक्रम रहेको छ । हस्तान्तरण गरिएको स्टिकरमा सिधा सम्पर्क गर्न सकिने प्रहरी अधिकारी र कार्यालयको सम्पर्क नम्बरहरु उल्लेख गरिएको छ । समुदायमा शंकासपद मानिस, चिजवस्तु देखेमा वा सुरक्षा सम्बन्धि सहयोग, जानकारी र गुनासो भएमा वा तत्काल प्रहरीको सहयोग आवश्यक परेमा स्टिकरमा उल्लेख गरिएका नब्बरहरुमा सम्पर्क गर्ने ब्यबस्था मिलाइएको छ । प्रहरीका अनुसार महानगरका करिब ४ लाख घरमा यस्तो स्टिकर राखिने कार्यक्रम रहेको छ ।
जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा बिभिन्न कामहरु गर्दै आइरहेको छ । यसै शिलशिलामा हालै चितवन स्थित जमुनापुर हेल्थ सोसाइटीलाई सामुदायिक भबन निर्माण सहयोगार्थ रु. १ लाख ५० हजार र धरानमा अबस्थित असहाय सहयोग परिषदलाई रु. १ लाख सञ्चालन अनुदान प्रदान गरेको छ । यसैगरी त्रिवेणी घाट पनौतीमा रहेको मंैत्री बृद्धाश्रममा ३६० लिटर क्षमताको सोलार वाटर हिटर जडान गरी हस्तान्तरण गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x