धितोपत्र बजारमा ९४.९२ अंकको वृद्धि, नेप्से परिसूचक १९५६.९८ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९४ दशमलव ९२ अंकले बढेर १९५६ दशमलव ९८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १७ दशमलव ९३ अंकले बढेर ३८२ दशमलव ८४ को विन्दुमा पुगेको छ ।


आज कूल २३० कम्पनीका ६३ लाख ६३ हजार ५९० कित्ता शेयर रु २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह ३५ दशमलव ५ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १२१.०८ अङ्कले, होटल तथा पर्यटन उपसमूह १४६.८ अङ्कले, विकास बैंक उपसमूह २५७.१४ अङ्कले, जलविद्युत उपसमूह १५६.९२ अङ्कले, वित्त उपसमूह १०२.४३ अङ्कले, निर्जीवन बीमा ३६२.८८ अङ्कले, उत्पादन उपसमूह २८४.५३ अङ्कले, अन्य उपसमूह ९६.०३ अङ्कले, लघुवित्त उपसमूह २३१.०३ अङ्कले, जीवन बीमा उपसमूह ३७०.२५ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ५ अङ्कले र लगानी उपसमूह ५ दशमलव १९ अङ्कले बढेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x