मिर्मिरे लघुवित्त वित्तीय संस्थाकाे खुद ब्याज आम्दानीमा २१.४४ प्रतिशतकाे वृद्धि

Mirmire Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २१.४४ प्रतिशतले बढेर ५४ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ कराेड २७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले २० कराेड ८१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

५२ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ८ अर्ब ८३ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५ अर्ब ६७ करोड ४० लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ४५ करोड १९ लाख रुपैयाँ रहेको छ।

लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.६५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ८८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ५६ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ११६० काे आधारमा मूल्य आम्दानी अनुपात २९ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x