आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडले तेस्रो वार्षिक साधारण सभा गर्दै


ज्ञानमाण्डू। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जेठ २८ गते (आज) तेस्रो वार्षिक साधारण सभा गर्दै छ । कम्पनीले साधारण सभा बुटवलकाे, सुख्खानगर, रुपन्देही (अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट प्रा.लि.) मा बिहान ११.०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७८/०७९ को लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने छ।

कम्पनीले वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव पारित गर्नेछ । साथै, यस सभाले प्रवन्धपत्र र नियमावलीमा गरिएको संशोधन सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र यस वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गको अन्य लघुवित्त वित्तीय संस्थाहरुसंग गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजिशन) सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने जस्ता प्रस्तावहरू पारित गर्नेछ।

सोही सभाबाट सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने र त्यसका साथै वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने छ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x