शंकरदेव क्याम्पसमा ग्लोबल आइएमई बैंक लि.को एक्सटेन्सन काउण्टर

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लि. ले राजधानीमा रहेको शंकरदेव क्याम्पसमा आफ्नो एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ । शंकरदेव क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क संकलनको निमित्त बैंकले क्याम्पस परिसरमा उक्त एक्सटेन्सन काउण्टरको शुरुवात गरेको हो । यस संगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ८ पुगेको छ । 

ग्लोबल आइएमई बैंकले सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ्ग च्यानलको माध्यमबाट गराउने उद्धेश्यका साथ विभिन्न सरकारी कार्यालयहरुमा आफ्नो उपस्थितिलाई प्रभाबकारी बनाउदै आएको छ । 

अत्याधुनिक बैंकिङ्ग सुबिधा र गुणस्तरिय सेवाको आधारमा ग्लोबल आइएमई बैंक सरकारी राजश्व संकलनका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेका निजि क्षेत्रका बैंकहरु मध्ये एक बैंक हो । बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोशी, नारायणी र गण्डकी अञ्चलका यातायात व्यवस्था कार्यालयहरु, अध्यागमन विभाग, उद्योग विभाग, यातायात व्यवस्था कार्यालय–सतुङ्गल, आन्तरिक राजश्व कार्यालयहरु जनकपुर, धरान, तुल्सीपुर, लाहान, कावासोती र मालपोत कार्यालय नारायणगढमा आफ्नो काउण्टर स्थापना गरि सरकारी कार्यालयहरुमा सेवा प्रदान गदै आइरहेको छ । 
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा,एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदानगर्दै आइरहेको छ । बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ८ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा,इन्टरनेट बैंकिंङ्गसेवाको साथमा रु। १५ लाखसम्मको बिना धितो प्रोफेशनल पनि प्रदान गर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदानगर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया, साउदी अरेबिया, कतार,युएई,बहराइन, जोर्डन,लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x