ग्लोबल आइएमई बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा



ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकले  मिति २०७५ मसिंर २६ गते बुधबारका दिन प्रदेश नं. ७, कैलाली जिल्ला, गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा शाखा कार्यालय संचालनमा ल्याएको छ । यस अत्तरिया शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३३ पुगेको छ ।

कैलाली जिल्लाको अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्धेश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने कुरा बैंकले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ वटा शाखा, १४१  वटा एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, थप सुविधाहरुका साथ परिमार्जित एवं विस्तारित मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, बेलायत,  कतार, युएई, अष्टे«लिया, भारत बराइन, जोर्डन, भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x