ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ३० अंकले बढेर २७५४ दशमलव २८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १० दशमलव ८३ अंकले बढेर ५२२ दशमलव १३ को विन्दुमा पुगेको छ ।
आज कूल २२४ कम्पनीका ६३ लाख ४३ हजार २२८ कित्ता शेयर रु ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह १४ दशमलव ५७ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ३९ दशमलव ०९ अङ्कले, होटल तथा पर्यटन उपसमूह ४९.८२ अङ्कले, विकास बैंक उपसमूह १२७.३५ अङ्कले, जलविद्युत उपसमूह १३८.१२ अङ्कले, वित्त उपसमूह ६५.६८ अङ्कले, निर्जीवन बीमा १८५ अङ्कले, उत्पादन उपसमूह ३७.०८ अङ्कले, अन्य उपसमूह ७५.६३ अङ्कले, लघुवित्त उपसमूह १४५.७६ अङ्कले, जीवन बीमा उपसमूह १८७.०३ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०३ अङ्कले र लगानी उपसमूह २ दशमलव २६ अङ्कले बढेको छ।