भोजन, अन्न, दक्षिणा दान गर्दै सम्यक पर्व मनाइदैँ

ज्ञानमाण्डू।बौद्ध धर्मावलम्बीले सम्यक दान पर्व आगामी माघ १ गते भव्य रूपमा मनाउने भएका छन् । नेपाल सम्वत ७८७ भन्दा पहिलेदेखि यहाँ सो पर्व मनाइँदै आइएको बताइन्छ । 

सम्यक् दान व्यवस्थापन समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पर्व मनाउन तयारी पूरा भएको जनाएको छ । पाँच दिपकंरसहित अन्य स्वर्ण दिपंकरका मूर्तिलाई स्थानीय थथुवहिमा विराजमान गराई यहाँको नियमित र ऐच्छिक सम्यक् भोजन गराई सम्यक् दान पर्व मनाइन्छ । 

चतुबह्म महा विहारका बज्राचार्य जयरत्नले पर्वको शुरुआत गर्नुभएको मान्यता रहेको सो पर्व यहाँ हरेक वर्ष मकर सङ्क्रान्तिका अवसरमा मनाइने गरिन्छ । सम्यक् दानमा परम्परागत रूपमा स्थापना भएका बौद्ध विहारमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरू शाक्य र बज्राचार्य बन्धुलाई भोजन, अन्न दक्षिणा दिने परम्परा रहेको सम्यक् महादान व्यवस्थापन समितिका अध्यक्ष गणेश बज्राचार्यले जानकारी दिए । 

यहाँ रहेको प्रमुख पाँच दिपंकर बुद्धको प्रतिमूर्तिलाई वर्षको दुई पटक सम्बन्धित विहारबाट बाहिर ल्याई जात्रा गर्ने प्रचलनअन्तर्गत सम्यक् दान पर्वका दिन पाँच दिपंकर बुद्धको प्रतिमूर्ति विराजमान गराउने परम्परा रहेको राजुमान बज्राचार्यले बताए । 

काठमाडौँमा १२ वर्षमा एक पटक स्वयम्भूको भुइख्याल, ललितपुरमा पाँच वर्षमा एक पटक नागवहाल र भक्तपुरमा प्रत्येक वर्ष पर्व मनाउँदै आइएको छ । नःपुखुको पश्चिम थथुवहिको परिसरमा रहेको भुइख्याल क्षेत्रमा सम्यक् भोजन दान गरिने चलन रहेको देवचन्द्र बज्राचार्यले जानकारी दिएका छन् । धर्तीमा उब्जनी भएका सबै व्यञ्जन र विशेष परिकार बनाएर चढाउने र भिक्षा दाने परम्परा रहेको उनले बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x