स्पेनको अपराजित युरो छनोट यात्रा

ज्ञानमाण्डू।युरो कप छनोट अन्तर्गत आइतबार भएको खेल मा स्पेनले फरो आइल्यान्डमाथि फराकिलो जित निकाल्न सफल भएको छ ।  घरेलु मैदानमा भएको खेलमा फरो आइल्यान्डलाई ४–० गोल अन्तरले हराउँदै स्पेन युरो छनोटको नजिक पुग्न सफल भएको छ । स्पेनको जितमा रोड्रिगो र पाको अल्कासेरले २-२ गोल गरे ।

खेलको १३ औ मिनेटमा नै रोड्रिगोले स्पेनमा लागि पहिलो गोल दर्ता गर्न सफल भए।रोड्रिगोकै गोलमाल स्पेनले पहिलो हाफसम्म अग्रता बनाइराख्यो ।
दोस्रो हाफको सुरुवातमै रोड्रिगोले स्पेनको अग्रता दोब्बर पारे । ५० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रोड्रिगोले खेल २-० मा पुर्‍याए । त्यस्तै, अल्कासेरले ८९ औ मिनेटमा स्पेनकालागी तेस्रो गोल गर्दै खेल ३–० मा पुर्‍याउन मद्दत गरे । वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका अल्कासेरले ईन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४–० को फराकिलो जित दिलाए ।

स्पेन छनोटका सबै खेलमा अपराजित रहँदै ६ खेलबाट १८ अङ्क जोडेको छ । उसले दोस्रो स्थानको स्विडेनसँग ७ अङ्कको अग्रता लिएको छ । फरो आइल्यान्ड अझै अङ्क विहीन हुँदै तालिकाको पुछारमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x