ग्लोबल आइएमई बैंक र नेपाल खुला विश्वविद्यालयबीच शुल्क सङ्कलनसम्बन्धी सम्झौता

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल खुला विश्वविद्यालयबीच शुल्क सङ्कलनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतामा विश्वविद्यालयको तर्फबाट कुल सचिब कमल ढकाल र बैंकको तर्फबाट बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् ।
 
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकमा खाता खोलिसकेपछि नेपाल खुला विश्वविद्यालयका विद्यार्थीहरुले बैंकको मोबाइल एप्लीकेशन तथा अनलाइन बैंकिङ्गमार्फत शुल्क तिर्न सक्नेछन् ।

हाल बैंकले आफ्ना १४५ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १८८ शाखा रहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x