फागुन महिनामा जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क आर्जन २ अर्ब ८८ कराेड अधिक, व्यापार विस्तारमा को तगडा?

 life insurances of nepal


ज्ञानमाण्डू। हाल नेपालमा सञ्चालनमा रहेका जम्मा १९ जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै २ अर्ब ८८ करोड रुपैयाँ अधिक प्रथम बीमा शुल्क सङ्कलन गरेको तथ्याङ्कले जनाएको छ। उक्त जीवन बीमा कम्पनीहरूले फागुनमा औसतमा १५ करोड १६ लाख रुपैंया प्रथम बीमा शुल्क आर्जन गरेको देखिन्छ। यस अवधिमा ८ जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क आर्जन सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै रहेको छ भने ११ यस्ता जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन औसतभन्दा कम रहेको छ।

चालु आर्थिक वर्षको फागुन महिनामा नेपाल लाइफले सर्वाधिक प्रथम बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले एक महिनामै ५१ करोड ३२ लाख रुपैयाँ अधिक प्रथम बीमा शुल्क सङ्कलन गर्दा राम्रो व्यापार विस्तार गरेकाे नेशनल लाइफले २९ करोड २७ लाख रुपैयाँ प्रथम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ।

त्यसै गरी, सिटिजन लाइफले फागुन महिनामा २४ कराेड ४९ लाख रूपैयाँ प्रथम बीमा शुल्क सङ्कलन गर्दा लाइफ इन्स्याेरेन्स कर्पाेरेसनले २१ करोड ५ लाख रुपैयाँ, रिलायबल लाइफले १९ करोड ८८ लाख रुपैयाँ, ज्याेति लाइफले १९ करोड ७२ लाख रुपैयाँ, सन नेपाल लाइफले १८ करोड ९५ लाख रुपैयाँ, सूर्य लाइफले १५ करोड ५३ लाख रुपैयाँ, युनियन लाइफले १४ करोड ३० लाख रुपैयाँ, मेट लाइफले १२ करोड ८८ लाख रुपैयाँ र एशियन लाइफले ११ करोड ८३ लाख रुपैयाँ  प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

यता, प्राइम लाइफले ९ करोड १५ लाख रुपैयाँ, सानिमा लाइफले ८ करोड ८० लाख रुपैयाँ, आइएमई लाइफले ७ करोड ४५ लाख रुपैयाँ, रिलायन्स लाइफले ६ करोड ८७ लाख रुपैयाँ, प्रभु लाइफले ५ करोड १८ लाख रुपैयाँ, महालक्ष्मी लाइफले ४ कराेड १८ लाख रूपैयाँ र राष्ट्रिय बीमा संस्थानले ४ करोड ४४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

चालु आर्थिक वर्षको फागुन महिनामा गुराँस लाइफले जीवन बीमा संस्थाहरू मध्येको सर्वाधिक कम प्रथम बीमा शुल्क सङ्कलन गरेको छ। उक्त जीवन बीमाले यस एक महिने अवधिमा २ करोड ७८ लाख रुपैयाँ प्रथम बीमा शुल्क सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x