साइन्टिफिक लर्निङ सेन्टरद्वारा आधारभूत शेयर तालिमको छब्बीसौँ र सत्ताईसाैँ ब्याच सम्पन्न



ज्ञानमाण्डू। साइन्टिफिक लर्निङ सेन्टर प्रा. लि. ले २०७८ साल, भाद्र २७ देखि ३० गते सम्म प्रत्येक दिन बिहान ७ बजे देखि ९ बजेसम्म र बेलुकि ४ बजे देखि ६ बजेसम्म कोटेश्वर, काठमाडौँ स्थित कम्पनीको तालीम केन्द्रमा आधारभूत शेयर तालिमको छब्बीसौँ र सत्ताईसाैँ ब्याच सञ्चालन गरेको छ ।

कार्यक्रम विशेष गरी नयाँ लगानीकर्ता तथा शेयर बजारमा भविष्य खोज्ने युवाहरूका लागि धरै प्रभावकारी भएको जनाउदै तालीमका संयोजक तथा साइन्टिफिक लर्निङ सेन्टर प्रा. लि. का चिफ अपरेटिंग अफिसर विक्रम भट्टराईले, आफूहरूले सस्तो शुल्कमा खास गरेर नवप्रवेसीहरुलाई लक्षित गरी तालीम सञ्चालन गर्दै आएको र साइन्टिफिक लर्निङ सेन्टर प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत उत्सव ढकालले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको कुरा बताउनुभयाे । उहाँ भन्नुहुन्छ "यो अभियानमा सबैको साथ सहयोगको अपेक्षा गरेका छौँ र छब्बीसौँ र सत्ताईसाैँ ब्याचमा लगानीकर्ताहरूकाे उपस्थितिबाट झनै उत्साहित पनि छौँ । "

शेयर बजारको आधारभूत ज्ञान नहुँदा अहिलेको अवस्थामा लगानीकर्ताले ठूलो जोखिम मोल्नु परेको र साथै शेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा सहयोगी हुने हुँदा आफूहरूले शेयर बजार सम्बन्धि तालीमहरू सञ्चालन गर्दै आएको कुरा तालिमका प्रशिक्षक तथा साइन्टिफिक लर्निङ सेन्टर प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत उत्सव ढकालले बताउनुभयाे । 

share training in nepal

उक्त कार्यक्रमका विशेषताहरू यसप्रकार रहेका छन् ।

✔️ शेयर बजार र परिचय ।
✔️ डिम्याट खाता र मेरो शेयरको बारेमा जानाकरी ।
✔️ प्राथमिक बजार र आईपीओ ।
✔️ दोश्रो बजार ।
✔️ शेयर बजारमा कसरी प्रवेश गर्ने ?
✔️ दोश्रो बजार र शेयर मूल्य निर्धारण ।
✔️ परिसुचक र सर्कीट ब्रेक ।
✔️ लाभांश र हकप्रद शेयर ।
✔️ बुक क्लोज र मूल्य समायोज ।
✔️ आधारभूत अनुपात जस्तै : प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, किताबी मूल्य आदी ।
✔️ शेयर बजारलाई प्रभाव पार्ने तत्त्वहरू के के हुन्‌?
✔️ वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी ।
✔️ कम्पनी छान्ने तरिका र शेयर बजारका फाइदा तथा जोखिमहरू ।
✔️ जोखिम न्यूनीकरण ।
✔️ नेपालमा अन्लाईन शेयर कारोबारको महत्त्व र यसको क्षेत्रबारे विशेष जानकारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x