रियल सोसिडाडमाथि सेभिल्लाको साँघुरो जित

ज्ञानमाण्डू।स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा सेभियाले रियल सोसिडाडलाई ३-२ गोल अन्तरले हराउँदै साँघुरो जित निकालेको छ । घरेलु मैदानमा भएको खेलामा सेभियालाई जित दिलाउन नोलीटो, लुकास ओकाम्पस र फ्रान्को भास्क्वेजले एक एक गोल गरे । रियल सोसिडाडका तर्फबाट मिकेल ओएरजावाल र क्रिस्टियन पोर्टुले गोल गरे ।

मिकेल ओएरजावालको गोलको पाहुना टोलीको खेलको चौथो मिनेटमा नै सुरुवाती अग्रता लिएको थियो । १८औं मिनेटमा घरेलु टोलीका नोलिटोले जवाफी गोल फर्काउँदै खेलको पहिलो हाफ १-१ को बाराबारीमा टुङ्गाएका थिए ।

दोस्रो हाफको सुरुआत मै ओकाम्पसले गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अग्रता दिलाए । खेलको ८०औं मिनेटमा फ्रान्को भास्क्वेजले गोल गरेपछि सेभिल्ला जिततर्फ अग्रसर बन्दै ३-१ को अग्रता लिन सफल भयो । ८७औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल घरेलु टोलीको गोल फर्काउँदै खेललाई ३–२ को अन्तरमा पुर्‍याएका थिए । तर, त्यसपश्चात् खेलामा पुन गोल हुन नसक्दा सेभिल्ला विजयी भएको हो ।

जितसँगै सेभिल्ला ७ खेलबाट १३ अङ्क जोडेर छैटौँ स्थानमा उक्लिएको छ । समान १३ अङ्क नै रहे पनि पराजित सोसिडाड गोल अन्तरमा पाँचौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x