विद्यालय पुनःनिर्माण गर्न एक वर्ष लाग्ने

ज्ञानमाण्डू।भूकम्पले क्षति पुर्‍याएका जिल्लाका २८ सामुदायिक विद्यालयका भवन एशियाली विकास बैङ्क (एडिबी)को करिब रु एक अर्ब २९ करोड ऋण सहयोगमा निर्माण सम्पन्न भएका छन् । सरकारको आपत्कालीन परियोजनाअन्तर्गत चार वर्षमा ती सङ्ख्यामा विद्यालय भवन पुनः निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले जनाएको छ ।

पुनः निर्माण सम्पन्न भएका ती विद्यालय हस्तान्तरण भइसकेको एकाइ प्रमुख द्वारिका पोखरेलले जानकारी दिए । उनका अनुसार दाताको ऋण सहयोगमा विद्यालयका भवन तथा शौचालय निर्माण भएका हुन् । धुलिखेलस्थित सञ्जीवनी नमुना मावि र चौरीदेउरालीस्थित प्रभा नमुना माविमा आवासीय भवन तथा केही विद्यालयमा दुई भवनसमेत निर्माण भएका छन् । 

यस्तै, सरकारको विपद् व्यवस्थापन परियोजनाअन्तर्गत एडिबीकै ऋण सहयोगमा जिल्लामा १९ सामुदायिक विद्यालय भवन पुनः निर्माण हुने भएका छन् । १० विद्यालयको निर्माण ७० प्रतिशत सकिएको एकाइका इञ्जिनीयर सोभित श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाँकी नौ विद्यालय पुनः निर्माणका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ । १९ विद्यालय पुनःनिमार्णका लागि रु ५१ करोड २४ लाख ३५ हजार ऋण सहयोग भएको उनले बताए । 

भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पनि पुनः निर्माण योजनाले छोएको छैन । पुनः निर्माण योजनाले नछोएका अधिकांश विद्यालयका विद्यार्थी अस्थायी छाप्रोमा पढ्न बाध्य छन् । राष्ट्रिय पुनः निर्माण प्राधिकरणसँग दाताले दिएको रकम सम्झौता गर्न ढिलाइ हुनु, विद्यालयका लागि उपयुक्त जमिन प्राप्त गर्न नसक्नु, विद्यालय छनोटमा ढिलाइ हुनु तथा विभिन्न प्राविधिक कठिनाइका कारण ८३ विद्यालयको पुनः निर्माणको काम सुरु नभएको जिल्ला शिक्षा समन्वय एकाइ धुलिखेलले जनाएको छ ।

“भौगोलिक विकटता, दक्ष कामदारको अभावले पनि पुनः निर्माणमा प्रतिकूल प्रभाव परेको छ”, जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) प्रमुख पोखरेलको भनाइ छ । जिल्ला शिक्षा विकास तथा समन्वयबिच बजेटमा एकरुपता नहुनु तथा अभिभावकमा चासो–चिन्ता नदेखिनु अर्को प्रमुख कारण रहेको पोखरेलले बताए । उनका अनुसार पुनः निर्माण थालिएको चार वर्षमा जिल्लाका ५८७ सामुदायिक विद्यालयमध्ये ६० प्रतिशत विद्यालयको पुनः निर्माणको काम सकिएको छ । उनेले भने, “निर्माणाधीन विद्यालयका काम हाल तीव्रताका साथ भइरहेको छ ।” 

क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनः निर्माणमा अझै एक वर्ष लाग्ने भएको छ । निर्माणाधीन विद्यालयको ८५ प्रतिशत काम सम्पन्न भएको एकाइको तथ्याङ्कले देखाएको छ । जिल्लाको सामुदायिक विद्यालयको पुनः निर्माण योजनामा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा भारतीय दूतावासलगायतले सहयोग गरेका छन् । मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकामा पूर्ण क्षति भएका विद्यालयको पुनःनिमाणको काम आउँदो २०७७ भित्र सक्ने योजना छ । एकाइका अनुसार हाल धुलिखेल नपामा ५०, पाँचखाल नपामा ७५, पनौती नपामा ६५, नमोबुद्ध नपामा ६५, बनेपा नपामा ६० प्रतिशत विद्यालयको पुनः निर्माण भएको छ ।

यस्तै, खानीखोला गाउँपालिकामा ८०, चौँरीदेउराली गाउँपालिकामा ७०, रोशी गाउँपालिकामा ७०, भुम्लु गाउँपालिकमा ७०, बेथानचोक गाउँपालिकामा ६० र तेमाल गाउँपालिकामा ६५ प्रतिशत सामुदायिक विद्यालयको पुनः निर्माणको काम सकिएको हो । जिल्लाका कूल ६९० विद्यालयमध्ये १०३ संस्थागत छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x