मेगा बैंकबाट प्राइम लाइफको बीमा सेवा पाईने

ज्ञानमाण्डू। प्राइम लाइफ इन्स्योरेन्स लिमिटेड र मेगा बैंक लिमिटेडबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।
प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमति भएसँगै मेगा बैंकका ग्राहकहरूले प्राइम लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा तथा सुविधाहरु अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।
मेगा बैंकका देशभरका १ सय २ शाखाबाट प्राइम लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x