ज्ञानमाण्डू। नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले भदाै ३० गते (आज) सातौं वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा कार्की ब्याङ्केट, बबरमहल, काठमाडौंमा बिहानको ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले आर्थिक वर्ष (आ.व.) २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ भने आ.व.२०७७/०७८ काे लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापुँजीको ०.२६३२ प्रतिशतका दरले हुन आउने लाभाँश कर सहित नगद लाभाँश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ भने चुक्तापुँजीको ५ प्रतिशतका दरले हुन आउने रु.५८ करोड २५ लाख रुपैया बोनश लाभाँश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सञ्चालक समितिबाट भएको स्वतन्त्र विज्ञ संचालकको नियुक्ति अनुमोदन गर्नेछ ।
कम्पनीको प्रबन्धपत्र/नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो वमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले प्रदान गर्नेछ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि भदाै १९ गते एक दिनकाे लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा साउन १८ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।