महिला लघुवित्तकाे नाफा १० करोड, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले १० करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१४ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको महिला लघुवित्तले ४ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, महिला लघुवित्तले २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २५ करोड रुपैयाँ रहेको छ।

महिला लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २८.८५ प्रतिशतले बढेर २० करोड ६८ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात २.९७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ९० रुपैयाँ ४२ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x