सिडमा अध्ययनरत सरोज दंगालकाे (ACCA) एसीसीएमा विश्वव्यापी उच्च अंक

ज्ञानमाण्डू। गत डिसेम्बर २०१९ मा संचालित एसीसीएको Audit and Assurance (AA) परीक्षामा सिड फाइनान्सियल एकेडेमीमा अध्ययनरत सरोज दंगालले विश्वव्यापी उच्च अंक ल्याउन सफल भएका छन्। उनले Audit and Assurance (AA) पूर्णाअंक १०० रहेकाे परीक्षामा ९२ अंक ल्याएकाे कुरा सिडका संचालक अनन्त गौतमले ज्ञानमाण्डूलाई बताए ।

डिल्लीबजार काठमाडौँमा अवस्थित नेपालको प्रख्यात, एसीसीए (ACCA)द्वारा गोल्ड स्वीकृति प्राप्त (Gold Approved) लर्निङ्ग प्रदायक संस्था र एसीसीएकाे एक लाइसेन्स प्राप्त CBE केन्द्र हो सिड फाइनान्सियल एकेडेमी ।

राम्रो व्यवस्थापन टोली अनि समर्पित, योग्य र अनुभवी शिक्षकहरू विद्यार्थीहरूलाई मार्गदर्शनको साथ उत्कृष्ट परिणामहरू प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको सिड फाइनान्सियल एकेडेमीले बताउदै आएको छ र यहाँ अध्ययनरत विद्यार्थीहरुले यो कुरालाई आफ्नो परीक्षाफलबाट प्रमाणित गर्दै आएकाे पनि पाइन्छ।

आफ्ना विद्यार्थीहरूलाई विश्व स्तरको पूर्वाधार र सुविधाको साथ आफ्नै परिसरमा विश्व स्तरीय र गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखको सिड फाइनान्सियल एकेडेमी उक्त लक्ष्य हासिल गर्न निरन्तर प्रयासरत रहेको कुरा समेत गौतमले बताए।

असोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) (ACCA) व्यावसायिक योग्यता हो जसले विद्यार्थीहरूलाई लेखा, वित्त र व्यवसायीक क्यारियरका लागि तयार गर्दछ। एसीसीए सब भन्दा द्रुत बृद्धि भइरहेको प्रोफेशनल एकाउन्टेन्सी निकाय हो जसले चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट योग्यता प्रदान गर्दछ र यसको मान्यता १७९ भन्दा बढी देशहरूमा ४८०,००० भन्दा बढी विद्यार्थी र २००,००० सदस्यहरूको साथ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x