धितोपत्र बजारमा दोहोरो अङ्कले गिरावट आउँदा कारोबार रकममा भने नयाँ रेकर्ड



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५७ अंकले घटेर ३१५४ दशमलव ३४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ८ अंकले घटेर ५८९ दशमलव ३७ को विन्दुमा पुगेको छ ।

आज कूल २२२ कम्पनीका ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर रु २१ अर्ब ६४ करोड ७६ लाख ६५५ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्ये तीन उपसमूहको शेयर बढेका छन् । उत्पादन उपसमूह १६० दशमलव २३ अङ्कले बढ्दा लघुवित्त उपसमूह ११५ दशमलव १२ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ६६ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ७ दशमलव १५ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ३६ दशमलव ५ अङ्कले, होटल तथा पर्यटन उपसमूह ६६ दशमलव ०४ अङ्कले, विकास बैंक उपसमूह १६०.१३ अङ्कले, जलविद्युत १५७.४१ अङ्कले, वित्त उपसमूह ८७.०५ अङ्कले, निर्जीवन बीमा २२४.६२ अङ्कले, अन्य उपसमूह ४०.१४ अङ्कले, जीवन बीमा १९.१२ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव १३ अङ्कले घटेको छ।



आइतबार नेपाल बैंकको १ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ७९ करोड २५ लाख, अपी पावरको ७० करोड २७ लाख, रिद्धि हाइड्रोपावरको ५९ करोड ४७ लाख र अरुण भ्याली हाइड्रोपावरको ५७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
साताको पहिलो कारोबारी दिन खानीखोला, जिवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने आइसिएफसि फाइनान्सको ९.५६ प्रतिशत र मिर्मिरे लघुवित्तको ८.९७ प्रतिशतले बढेको छ।
यता एनआइविल प्रगति फण्डको इकाइमूल्य सबैभन्दा धेरै ८.५४ प्रतिशतले घटेको छ भने रिद्धि हाइड्रोपावरको शेयरमूल्य ८.५२ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ७.८८ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ६.३४ प्रतिशत र अपर तामाकोशीको ६.०७ प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x