सुदूरपश्चिम औद्योगिक व्यापार मेला हुँदै

ज्ञानमाण्डू।आगामी फागुन पहिलो सातादेखि सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना हुने भएको छ । 

कञ्चनपुर उद्योग वाणिज्य सङ्घ र भीमदत्त नगरपालिकाको संयुक्त सहकार्य फागुन ७ देखि १७ गतेसम्म पर्यटन महोत्सव हुन लागेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले जानकारी दिए । सङ्घका अध्यक्ष मल्लको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । 

लगानी अवसरको सिर्जना गर्ने, सहकारी, वित्तीय क्षेत्र तथा बैङ्किङ क्षेत्रका सेवा र सुविधाको प्रदर्शनी, कृषि पेशालाई व्यावसायिकरुपमा उन्मुख गराउन सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना हुन लागेको सङ्घले जनाएको छ । महोत्सवमा लघु उद्यम प्रदर्शनी, अटो प्रदर्शनी, गार्मेन्ट उत्पादन, कृषि प्रदर्शनी वैकल्पिक ऊर्जा, पर्यटन प्रवर्द्धन, गुणस्तरीय दैनिक उपभोग्य वस्तु तथा सांस्कृतिक कार्यक्रम आकर्षणका रूपमा रहने छन् । 

सङ्घले महोत्सवका लागि स्वागत तथा सत्कार, सुरक्षा व्यवस्थापन, प्रदर्शनी कक्ष छनौट र प्रायोजक समिति, सचिवालय एवं प्रचारप्रसार, सांस्कृतिक तथा बाल उद्यान समिति आर्थिक तथा महिला उद्यम समिति गठन गरेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x