
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ६३ हजार ५२० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाका संस्थापक शेयर धनी विष्णुप्रसाद न्यौपानेले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि संस्थाले बिक्री प्रक्रिया अघि बढाएको हो।
हाललाई उक्त सेयर खरिद गर्न संस्थाका विद्यमान संस्थापक शेयर धनीले मात्र आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीले आवश्यक कागजातसहित ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।
आवेदन दिँदा आफूले खरिद गर्न चाहेको सेयर सङ्ख्या र प्रस्तावित मूल्यसमेत खुलाउनुपर्नेछ। संस्थाका अनुसार सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयर धनीबाट खरिदका लागि आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।
डिप्रोक्स लघुवित्तको ६३ हजार ५२० कित्ता संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
