नाफासँगै आकर्षक वितरणयोग्य नाफा बढाएको लक्ष्मी बैङ्कको प्रतिशेयर आम्दान कति?


ज्ञानमाण्डू। लक्ष्मी बैङ्कको नाफा ७६.९९ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा बैङ्कले ३१ कराेड २३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा बैंकले ५५ करोड २८ रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

१० अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लक्ष्मी बैङ्कले १ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब २९ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ७७ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १६.९७ प्रतिशतले बढेर ८९ करोड १७ लाख रुपैयाँ पुगेकाे छ ।असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३ करोड रुपैयाँ रहेको छ।

बैंककाे निष्कृय कर्जा अनुपात ०.४९ प्रतिशत र प्रतिशेयर आम्दानी २० रुपैयाँ ६८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७४ पैसा र पछिल्लाे काराेबार मूल्य रू ३४२ काे आधारमा मूल्य आम्दानी अनुपात १६.५ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x