बालबालिकाको क्षमताको कदर गराैँ

ज्ञानमाण्डू। प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बालबालिकाको क्षमताको कदर र प्रतिभालाई संरक्षण गर्दै अगाडी बढाउन समूदायको अहम भूमिका रहने बताउनुभएको छ । राष्ट्रिय बाल दिवश २०७७ का अवसरमा उहाँले आज दिनुभएको शुभकामना सन्देशमा बालवालिकामा असिमित श्रृजनात्मक क्षमता निहित हुने उल्लेख गर्दै उनिहरुलाई उचित शिक्षा र सही मार्ग निर्देशन गर्न सकेको खण्डमा मात्र असल, चरित्रवान नागरिक तयार गर्न सकिने भन्नुभएको छ ।

विद्यालय जाने उमेरका बालवालिका कोभिड –१९ का कारण घरभित्रै रहन बाध्य हुँदा उनिहरुको शारीरिक तथा मानसिक विकासमा प्रत्यक्ष असर पु¥याएको सन्देसमा उहाँले उल्लेख गर्दै विद्यालय जानबाट वन्चित भएका उनिहरुको समस्या निराकरणका लागि प्रदेश सरकारले वैकल्पिक व्यवस्थाको प्रयत्न गरिरहेको र यस कार्यमा सहयोग र सहकार्यका लागि परिवार, विद्यालय र समुदायमा आग्रह गर्नुभएको छ । 


उहाँले प्रदेश सरकारले प्रदेशमा रहेका बालबालिकाको अधिकारको संरक्षणका लागि प्रदेशको नीतिमा सम्बोधन गर्नुका साथै बालबालिका सम्बन्धी ऐन, २०७६ कार्यान्वयनमा ल्याएको समेत सन्देशमा उल्लेख गर्नुभएको छ । जोखिममा रहेका बालबालिका, सरकारले संरक्षण दिनुपर्ने बालबालिकाको संरक्षण र शिक्षा, स्वास्थ्यलगायतका सुविधाका लागि बजेटमा व्यवस्था गर्नुका साथै १२ वटै जिल्लामा रहेका बालसंरक्षण गृह, बालमन्दिरको संस्थागत सुदृढीकरण र बालबालिकाका लागि प्रदेशस्तरीय बाल संरक्षण कोषसमेत स्थापना गरी सेवा प्रवाहको सुरुआत गरेको समेत उहाँले उल्लेख गर्नुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x