आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने


आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि कुनै पनि प्रकारको लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो। यससँगै शेयरधनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट बोनस सेयर वा नगद लाभांश प्राप्त गर्ने छैनन्।

त्यस्तै, संस्थाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्कसमक्ष पेस गर्ने निर्णय गरेको छ।

केन्द्रीय बैङ्कबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि त्यसलाई अनुमोदनका लागि आगामी वार्षिक साधारण सभामा पेस गरिने संस्थाले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x