ग्लोबल आइएमई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच समझदारी पत्रमा हस्ताक्षर

global ime bank

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लिमिटेड र सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकवर्गलाई छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

 

समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीका बिक्रि तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड बाहक ग्राहकवर्गले सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीमा उपलब्ध  आवास तथा खाना/पेय पदार्थमा (Fooding & Lodging) १०% सम्म छुट प्राप्त गर्नेछन् ।

 

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।


ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७४ जिल्लामा बैंकको २६८ शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।


त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x