सलाम एयरबाट राष्ट्रिय क्रिकेट टीम ओमान प्रस्थान

nepali national cricket team

ज्ञानमाण्डू। अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसीसी) को आयोजनामा ओमानमा शुरू हुन गइरहेको खेलमा सहभागिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टीमसलाम एयर मार्फत ओमान प्रस्थान गरेको छ । १७ खेलाडी तथा ५ खेल पदाधिकारीहरूसहित कूल २२ जनाको टीमलाई सलाम एयरको नेपालस्थित जीएसए आइएमई ट्राभलका संचालक एवम् आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सम्मानसहित बिदाई गर्नुभएको थियो ।

आइसिसी सीडब्लुसी लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकावीच ट्राई–सिरिजका लागि नेपाली राष्ट्रिय टीमका खेलाडीहरू सलाम एयर मार्फत आजै ओमान तर्फ प्रस्थान गरेका हुन् ।

salam air

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले अन्तर्राष्ट्रिय सिरिजका ३२ खेल मध्ये यो विदेशमा खेलिने पहिलो खेल भएको उल्लेख गर्दै यसै प्रतियोगिताबाट विजयीको शुरुवात हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली क्रिकेट टीमको खेल प्रदर्शनले सवैलाई आशावादी बनाएको उल्लेख गर्दै ढकालले क्रिकेटले नेपालको पर्यटन प्रवर्द्धनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।

नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रवन्धक विनोद दासले नेपालको एक उदयीमान व्यापारिक समुह आइएमई ग्रुप र अन्तर्राष्ट्रिय उडानमा ख्याती कमाउँदै आएको सलाम एयरको यो सहयोगले आफु र आफ्नो टीमलाई हौसला प्रदान गरेको बताउनुभयो । आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले राष्ट्रकै गौरवका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने राष्ट्रिय टीमसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै भविष्यमा समेत यस्तै सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x