मानिसको इमानदार साथी मानिने प्राणी कुकुरका रोचक तथा अनौठा तथ्यहरू

basel

ज्ञानमाण्डू। बफादारी शब्द हामीले जनावरको हकमा कुकुरका लागी प्रयोग गर्दछौँ। प्रायः जसो धेरैको घरमा पालिने र मानिसको सबै भन्दा इमानदार साथीको रूपमा मानिने प्राणी कुकुर नै हो। नेपालमा तिहारको बेला कुकुरलाई पूजा गरी कुकुर तिहार नामक चाड पनि मनाइन्छ। आउनुहोस् बफादार प्राणी कुकुरका बारेमा केही रोचक तथ्य तथा जानकारीका बारेमा चर्चा गरौँ ।

१. कुकुर Canidae Family मा पर्दछ।

२. संसार भरी करिब ४० करोड कुकुरहरू छन्।

३. कुकुरको औसत आयु १० देखि १४ वर्षको हुन्छ, तर उनीहरूको दिमाग २ वर्षे बच्चाको जत्रो हुन्छ।

४. जसरी हामी प्रत्येक मानवको Fingerprint फरक हुन्छ त्यसै गरी प्रत्येक कुकुरको नाकको प्रिन्ट फरक फरक हुन्छ।

५. कुकुरहरूको आँखाको दृष्टि अँध्यारो र बिहानमा बढी हुने गर्दछ।

६. कुकुरको बच्चाको २८ वटा दाँतहरू हुन्छन् भने वयस्क कुकुरको ४२ वटा दाँतहरू हुन्छन्।

७. कुकुरको सुँघ्ने क्षमता मनुष्यको भन्दा १०,००० गुणाले बढी हुन्छ। एक पटक सुँघेको वस्तुको गन्ध कुकुरले लामो समय सम्म याद गर्ने क्षमता राख्दछ।

८. कुकुरको सुन्ने क्षमता मानिसको भन्दा ५ गुणाले बढी हुन्छ।

९. मानिसले जस्तै कुकुरले पनि सपना देख्दछन्।

१०. जब दुई कुकुर एक अर्का प्रति भुक्छन् तब उनीहरूले आफ्नो आवाज फरक बनाउन आफ्नो आवाजको Pitch एडजस्ट गर्दछन्।

११. कुकुरको प्रजनन समय करिब नौ हप्ताको हुन्छ। औसतमा एक पटकमा एउटा कुकुरले ४देखि ६ बच्चाहरूलाई जन्म दिन्छ।

१२. कुकुरहरू जन्मिँदा अन्धो बहिरो अनि दाँत बिना जन्मन्छन् भने सुरुमा आफ्नो आमालाई खोज्न उनीहरूले आफ्नो नाकको heat sensor को प्रयोग गर्छन्।

१३. कुकुरको सबै भन्दा पुरानो जात सालुकी हो जसको उत्पत्ति ईशा पूर्व ३२९ मा मिश्र मा भएको थियो।

१४. कुकुरको सबै भन्दा सानो जात Chihuahua हो जसको लम्बाई ६ इन्च हुन्छ।

१५. कुकुरको दौडने औसत गति १९ मिल प्रति घण्टा हो तर Greyhound जातको कुकुर ४४ मिल प्रति घण्टा सम्म दौडन सक्छ।

१६. कुकुरको Basenji एक मात्र यस्तो जात हो जुन जातका कुकुरहरू भुक्दैनन्।

१७. कुकुरलाई चकलेट खुवाउनु विष सरह हुन्छ, यसमा पाइने Theobromine नामक तत्त्वले कुकुरको स्नायु तन्त्रमा असर गर्दछ।

१८. अन्तरिक्षमा जाने पहिलो कुकुरको नाम Laika थियो। जसलाई १९५७ मा रुसले अन्तरिक्षमा पठाएको थियो। दुर्भाग्यवश अन्तरिक्ष यानमा भएको अधिक गर्मीको कारण उसको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x