सुदूरपश्चिम साहित्य र खाना महोत्सव फागुन १४ देखि

ज्ञानमाण्डू।होटेल व्यवसायी सङ्घ कैलालीको आयोजनामा यही फागुन १४ गतेदेखि २० गते सम्म धनगढीमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक खाना महोत्सव हुने भएको छ । 

सुदूर पश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको विश्व नेपाली साहित्य सम्मेलनसँग सहकार्य गरेर धनगढीस्थित खुलामञ्चमा खाना महोत्सव आयोजना गर्न लागिएको होटेल सङ्घ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिए । महोत्सवमा २५ प्रदर्शनी कक्षमा स्थानीय परिकार मात्र रहने छन् । एक हजार लिटरको भाडामा फाणो पकाउने तयारीसमेत गरिएको छ । 

सोही अवधिमा धनगढीमा हुने विश्व नेपाली साहित्य सम्मेलनको तयारी तीव्र पारिएको छ । सप्ताहव्यापी विश्व नेपाली साहित्य सम्मेलनमा साहित्यकारको सहभागिता रहने आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए ।

सुदूरपश्चिमको कला र संस्कृतिका बारेमा सबैलाई जानकार गराउन र अन्य ठाउँको कला र संस्कृतिबारे जानकारी लिन महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष जोशीले बताए । महोत्सवमा देशभित्रका २०० बढी साहित्यकारको सहभागिता रहने जनाइएको छ । साथै भारतको सिलगुडी, दार्जिलिङ, सिक्किम, असाम, मेघालय, मणिपुर, भुटान, बर्मा, अमेरिका, बङ्गलादेशलगायतका देशका साहित्यकार आउने बताइएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x