नबिल बैङ्कको नाफा ३ अर्ब माथि, निष्क्रिय कर्जा बढ्दा नाफामा सामान्य गिरावट

ज्ञानमाण्डू। नबिल बैङ्कको नाफा ८.९१ प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को तेस्रो त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१८ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैङ्कले २ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ र सञ्चित मुनाफा २ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २९.३० प्रतिशतले बढेर ६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । बैङ्कको खुद ब्याज आम्दानी बढे पनि निष्क्रिय कर्जा बढ्दा नाफामा गिरावट आएको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा २ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात १.१४ प्रतिशत र प्रतिशेयर आम्दानी २४ रुपैयाँ १६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ २९ पैसा र पछिल्लो कारोबार मूल्य रु ९५६.१० को आधारमा मूल्य आम्दानी अनुपात ३९.५७ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x