आज सम्म कायम शेयरधनीले सगरमाथा इन्स्याेरेन्सकाे साधारण सभामा भाग र लाभांश लिन पाउने



ज्ञानमाण्डू। सगरमाथा इन्स्याेरेन्सले यहि बैशाख २८ गते २५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि बैशाख १६ गते देखि २८ गते बाह्र दिनका लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा बैशाख १५ गतेसम्म (आज सम्म) कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

यस वर्ष कम्पनीले हालकाे चुक्ता पुँजी १ अर्ब ११ करोड १३ लाख रुपैयाँको २० प्रतिशत बाेनश शेयर र १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीले साधारण सभा काठमाण्डाैँकाे लैनचौर बैङ्कवेटमा बिहान १०:३० देखि आरम्भ हुने जानकारी दिएको छ। सभाले आर्थिक वर्ष (आ.व. ) २०७७/७८ को लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण र आ.व. २०७८/०७९ को लेखा परीक्षण गर्नका लागि लेखापरिक्षण समितिकाे सिफारिस बमोजिम लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गर्ने छ।

अन्य प्रस्तावमा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सञ्चालक समितिलाई दिएकाे सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता प्रदान गर्ने प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x