प्रभु बैंक लिमिटेडको ऋणपत्रमा ३.०७ गुण बढी आवेदन

ज्ञानमाण्डू। प्रभु बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिति २०७७ साल श्रावण १९ गतेदेखि मिति २०७७ साल श्रावण २३ गतेसम्म प्रभु बैंक लिमिटेडको “१०% प्रभु बैंक डिबेन्चर २०८४” को रु. १,००० अङ्कित दरको २०,००,००० (बीस लाख) कित्ता ऋणपत्रहरु सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरीद बिक्रीका लागि आह्वान गरेको थियो । सो मध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल रु. १ अर्ब २० करोड ऋणपूँजी रकम बरावरको विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवर (Private Placement) बाट र ८ लाख कित्ता डिबेन्चरले हुन आउने कूल रु. ८० करोड ऋण पूँजी रकम (५% अर्थात ४०,००० युनिट सामुहिक लगानी कोषका लागि बाडँफाँट गरी) बाँकी रहेको ७,६०,००० कित्ता डिबेन्चर सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुल्ला गरिएको बैंकले बताएको छ ।
 

निर्धारित अवधिभित्र सर्वसाधारण समूहलाई ७,६०,००० (सात लाख साठी हजार) कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा २३०८ जना आवेदकहरुबाट कूल ७,३०,३६५ (सात लाख तीस हजार तीन सय पैँसट्ठी) कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएको थियो । त्यस मध्ये ४१७ जना आवेदकहरुबाट आवेदन पर्न आएको जम्मा ३,५१,२३१ (तीन लाख एकाउन्न हजार दुई सय एकत्तिस) कित्ता ऋणपत्र विभिन्न कारणवश स्वीकृत नभएको हुँदा रितपूर्वक १८९१ जना योग्य आवेदकहरुलाई मात्र निजहरुले माग गरे बमोजिम नै बाँडफाँड गरिएको छ । रितपूर्वक १८९१ जना योग्य आवेदकहरुलाई कूल ३,७९,१३४ (तीन लाख उनासी हजार एक सय चौँतिस) कित्ता ऋणपत्र बाँडफाँड गरियो तथा व्यक्तिगत तवरबाट १२,००,००० (बाह्र लाख) कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा ४५ जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ३,८०,८६६ (तीन लाख असी हजार आठ सय छयसट्ठी) कित्ता समेत गरी कूल १५,८०,८६६ (पन्ध्र लाख असी हजार आठ सय छयसट्ठी) कित्ता ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ 

 

सर्वसाधारण समूहबाट ३७,९१,३४,००० (सैँतीस करोड एकानब्बे लाख चौँतिस हजार) रुपैया र व्यक्तिगत तवरबाट १,५८,०८,६६,००० (एक अर्ब अन्ठाउन्न करोड आठ लाख छयसट्ठी हजार) रुपैया निष्काशन रकमका लागि मिति २०७७।०४।२९ गतेका दिन निष्काशन तथा बिक्री प्रबन्धकत्वको कार्यालय, नक्साल, काठमाण्डौमा बाँडफाँड गरिएको बैंकले बताएको छ । प्रभु बैंक लिमिटेडको ऋणपत्रमा माग गरिएको भन्दा ३.०७ गुण बढीले आवेदन पर्न आएको कुरा समेत बैंकले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x