ज्ञानमाण्डू।आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ४४औं शाखा काठमाण्डौंकोे किर्तिपुरमा मिति २०७५ मंसीर २८ गते देखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष श्री चिरञ्जिवी चापागांईले  गरे । उक्त अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष श्री हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष श्री चिरञ्जिबी चापागाईले बीमाको पहुच फराकिलो हुदै गएको हुनाले स्वस्थ्य प्रतिपर्धा मार्फत आफना ग्राहकहरुलाई सहज र सुलभ सेवा प्रदान गरी अघि बढ्न सुझाब दिएका छन् । सोही समारोहमा शाखा विस्तारसंगै गुणस्तरीय सेवाको लागि अनुभवी कर्मचारीहरुको संख्या वृद्धि गर्न समय सापेक्ष कर्मचारीहरुलाई प्रतिक्षण गर्न पनि सुझाब दिए । छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिंदै बीमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिए । उक्त अवसरमा बिमा क्षेत्रको विकास र विस्तारको लागि सात वटै प्रदेशको विभिन्न भागमा आफनो शाखा सञ्जाल विस्तार गरी  लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गरी अग्रिणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्न सफल मिलोस भनि शुभकामना व्यक्त गरे । सोही अवसरमा अध्यक्ष चापागाईले सबैले आआफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यावसाय विस्तार गर्न पनि सबैलाई अग्रह गरेकाछन् ।
सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराउँदै कम्पनीको आज उद्घाटन भएको शाखा सहित ४४ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्ने जानकारी दिए । उक्त कार्यक्रममा अध्यक्ष श्री ढकाले कम्पनीले आफ्नो लक्ष्य निर्धारण गरेको र आउंदो दिनमा एक सफल र सवल कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने जानकारी दिदै आगामी दिनमा अफ्ना ग्राहक महानुभावहरुलाई सहज बीमा सेवा प्रदान गरी सन्तुष्ठ ग्राहकहरुको साथमा कम्पनी अगाडी बढ्नेछ भनि जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आ.ब. २०७५।०७६ को प्रथम त्रैमास सम्ममा करिब ३२ करोड बीमा शुल्क आर्जन गरेको, कूल लगानी १अरब ५ करोड त्यसैगरी खुद नाफा २ करोड ६२ लाख आर्जन गर्न सफल भएको जानकारी दिंदै आज उद्घाटन भएको शाखा सहित शाखा ४४ तथा १० सेवा काउण्टरबाट ग्राहक महानुभावहरुलाई सेवा दिईरहेको साथै २४० जना कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको साथै   नयां रोजगारीमा जोड दिई रहेको सेमत जानकारी गराएका थिए ।
सोही कार्यक्रममा विभिन्न संघ, संस्था, बैंक तथा वित्तीय कम्पनी, सहकारी संस्थाका प्रमुखहरुले कम्पनीले स्थानिय स्तरमा सेवा प्रदान गर्नको लागि किर्तिपुरमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष तथा संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिंदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका साथ कम्पनीसंग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेको कुरा सो इन्स्योरेन्सद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
 
         
             
     
    
 
     
     
     
                                                        
 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            