छिमेक लघुवित्तकाे नाफा ७१ करोड ७१ लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९५ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ७१ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छिमेक लघुवित्तले ३२ अर्ब २० करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, छिमेक लघुवित्तले ५ अर्ब ४५ करोड ४४ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २ अर्ब ४० लाख रुपैयाँ रहेको छ।

छिमेक लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १५.११ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात शुन्य दशमलव ९१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ १४ पैसा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x