धितोपत्र बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से २४६१.८८ को विन्दुमा


ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव २२ अंकले घटेर २४६१ दशमलव ८८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ४७ अंकले घटेर ४४५ दशमलव २१ को विन्दुमा पुगेको छ ।


आज कूल २१० कम्पनीका १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर रु ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७ मा खरिद बिक्री भए ।

कारोवार भएका कूल १३ मध्ये मात्र ३ उपसमूहको शेयर वृद्धि भएको छ । बैं किङ उपसमूह २१ दशमलव ७७ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ४९.८२ अङ्कले,  विकास बैंक २२ अङ्कले, वित्त ४.४३ अङ्कले , निर्जीवन बीमा ११४.७ अङ्कले, उत्पादन ८८.७४ अङ्कले, अन्य २०.४१ अङ्कले, लघुवित्त ४७.४६ अङ्कले, जीवन बीमा २०१.५६ अङ्कले, सामूहिक लागनी कोष ०.१३ र लगानी उपसमूह २ दशमलव २६ अङ्कले घटेका छन् । त्यस्तै, यता होटल तथा पर्यटन उपसमूह ६८ दशमलव ११ अङ्कले बड्दा जलविद्युत् उपसमूह ३६ दशमलव ३९ अङ्कले बढेको छ भने सामूहिक लागनी कोष उपसमूह शुन्य दशमलव शुन्य एक अङ्कले बढेको छ  ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x