व्यासको फोहोर माथिल्लो भतेरीमा व्यवस्थापन

ज्ञानमाण्डू।तनहुँको व्यासनगरपालिका कार्यालयले वडा नं ३ स्थित तल्लो मादी नदी किनारमा विगत वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नदीले कटान गरेपछि वैकल्पिक स्थलको रूपमा माथिल्लो भतेरीमा व्यवस्थापन गर्न लागेको छ । वडा नं १० र ४ पर्ने माथिल्लो भतेरीमा फोहोर विसर्जन गरी कम्तीमा मङ्सिर महिनासम्मका लागि बजार क्षेत्रको फोहोर सङ्कलन गरी अस्थायीरूपमा विसर्जन गर्न लागिएको नगरपालिका कार्यालयले जनाएको छ । 

गत असार अन्तिम र साउन पहिलो साता परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थल बगाइदिएपछि फोहोर व्यवस्थापनमा कठिनाइ हुँदै आएको छ । वडा नं १० स्थित रानीपानी सामुदायिक वन क्षेत्रमा नगरपालिकाले दीर्घकालीनरूपमा फोहोर विसर्जनस्थल निर्माण गर्न लागेको छ । 

वातावरणीय प्रभाव अनुसन्धान रिपोर्ट आउन बाँकी रहेकोले तत्कालका लागि माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन गर्न लागिएको वातावरणीय अध्ययन सहयोग तथा परामर्श समितिका संयोजक एवं वडा नं ४ का वडाध्यक्ष विश्व न्यौपानेले जानकारी दिए । 

उक्त क्षेत्रमा करिब सात रोपनी जग्गा पर्याप्त मात्रामा रहेकोले फोहोर विसर्जनको सम्भावना बढेकाले प्रक्रिया अघि बढिरहेको समितिका संयोजक न्यौपानेले बताए । वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा नगरपालिकाका वरिष्ठ आलेप नोडल अधिकृत कुमारकञ्चन जिसी सदस्य सचिव, वडा नं १० का वडाध्यक्ष तुलसीराम सापकोटा सदस्य, शान्तिनगर, डिहीकुना, बिरालेटार, वेदव्यास टोल विकास संस्थाका अध्यक्ष तथा रानीपानी र विर्ता सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सदस्य रहने गरी वातावरणीय अध्ययन सहयोग तथा परामर्श समिति गठन भइसकेको छ । 

दीर्घकालीनरूपमा फोहोर व्यवस्थापन गर्न लागिएको लागि वडा नं १० र ४ मा पर्ने बाटो र नाला निर्माण भइरहेको छ । गत आवमा रु ५० लाख र यस आवमा रु ७० लाख गरी रु एक करोड २० लाख विनियोजन गरिसकिएको छ । दुवै वडालाई बराबरी असर पर्ने हुँदा सोहीअनुरूप विकास निर्माणका कामहरु भइरहेका छन् । संयोजक पौडेलले भने , “यस आवभित्रै बाटो नाला निर्माण सम्पन्न गरी आगामी जेठ महिनादेखि फोहोर व्यवस्थापन कार्य थाल्ने योजना छ ।” तनहुँमा रहेका दश पालिकामध्ये सबैभन्दा ठूलो र धेरै जनसङ्ख्या रहेको व्यास नगरपालिकाको वडा नं २, ३ र ४ मा गरी दैनिक ११ टन फोहोर सङ्कलन हुँदै आएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x