माछापुच्छ्रे बैंकका ग्राहकले Okinawa Scooters 0% EMI मा पाउने



ज्ञानमाण्डू। माछापुच्छ्रे बैंक लि. ले विद्मुतीय सवारीसाधानको प्रयोगलाई प्राथामिकता दिर्दै आफ्ना ग्राहकको लागि Okinawa बा्रन्डको इलेक्ट्रोनिक स्कुटर 0% EMI मा पाउने ब्यवस्था गरेको छ । माछापुच्छ्रे बैंकले BHC International Pvt.Ltd संग सम्झौता गरि बैंकको Instapay सुविधा मार्फत इलेक्ट्रोनिक Okinawa Scooter 0% EMI मा पाउने ब्यवस्था गरेको बैंकले जनाएकाे छ । उक्त सम्झौतापत्रमा BHC International Pvt.Ltd को तर्फबाट प्रबन्धक निर्देशक श्री हासिम अन्सारी तथा माछापुच्छ्रे बैेंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत श्री डिल्लि राम गिरीले हस्ताक्षर गर्नुभएको थियो । पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भईरहेको अहिलेको परिवेशमा विद्मुतीय सवारीसाधानको प्रयोगमा जोड दिने उद्धेश्य एंव वतावरण संरक्षणमा टेवा पुर्याउने उद्धेश्यका साथ बैंकले उक्त सुविधा संचालनमा ल्याएको बताएकाे छ ।

BHC International Pvt.Ltd संगको सम्झौता पछि बैंकका ग्राहकहरुले ६ देखि १८ महिनासम्मका लागि 0% EMI मा Instapay मार्फत Okinawa बा्रन्डको इलेक्ट्रोनिक स्कुटर खरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको के्रडिट कार्ड तथा Instapay बाट पाउन सक्नेछन् । साथै बैंकको के्रडिट कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा BHC International Pvt.Ltd को नेपाल स्थित सबै showroom मार्फत प्रदान गरिने बैंकले जनाएकाे छ ।
 

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x