ज्योति लाइफको आईपिओ बाँडफाँड, ४४ हजार ६४५ वटा आवेदन रद्द, यसरी हेर्नुहोस् नतिजा

jyoti life insurance ipo result

ज्ञानमाण्डू।ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २१ गते देखि फागुन २६ गतेसम्म बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा ज्योति लाइफ इन्स्योरेन्सको उक्त आईपीओ बाँडफाँड भएको हो ।

गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ४४ हजार ६४५ को आवेदन रद्द भएको छ ।

ज्योति लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीले फागुन २१ गते देखि फागुन २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता प्राथमिक शेयर(आईपीओ) निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरि अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

आवेदन दिने आन्तिम दिन, फागुन २६ गतेसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटलको तथ्यांक अनुसार ज्योति लाइफ इन्सुरेन्सको प्राथमिक शेयर(आइपीओ)मा कुल १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएका थिए । त्यसमध्ये १७ लाख ९७ हजार ८३५ आवेदन स्वीकृत भएका छन् भने ४४ हजार ६४५ वटा आवेदन रद्द भएका छन् । योग्य कायम भएका १७ लाख ९७ हजार ८३५ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । याेग्य आवेदन मध्ये १२ लाख ३ हजार ८३५ जनाको हात खालि भएका छ।

योग्य आवेदकमध्ये गोलाप्रथाबाट पाँच लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलले जानकारी दिएको छ । 

कम्पनीले १०० अङ्कित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो भने तीन लाख ३३ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरिएको थियो ।

यस्तैगरी, बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था थियो । आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड पुग्नेछ । फागुन २४ गते महिला दिवस र २२ गते शनिबारको सार्वजनिक बिदा परेकाले कम्पनीको आइपिओ कूल ६ दिन बिक्री खुला रहेको थियो ।

सर्वसाधारण लगानीकर्ताले मेराे शेयर, सिडीएससीकाे नयाँ वेबसाइट, कम्पनीकाे वेबसाइटबिक्री प्रबन्धककाे वेबसाइटमा गइ आइपिओको नतिजा हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x