नोबेल पुरस्कार घोषणा सप्ताह शुरु

ज्ञानमाण्डू।सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि शुहरु हुँदैछ । नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा हुनेछ । 

कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणाको तयारी गरेको छ । 

कोरोनाभाइरस महामारीका कारण यसवर्ष चिकित्सा विज्ञानतर्फको पुरस्कारले विशेष महत्व राख्नेछ । तर नयाँ भाइरसका बारेको अनुसन्धानका लागि यसवर्ष प्रत्यक्ष कसैले पुरस्कार प्राप्त गर्ने सम्भावना क्षीण छ । 

सामान्यतया नोबेल एसेम्ब्लीले वर्षौंदेखिको अनुसन्धानबाट तथ्य पुष्टि भएका आधारभूत विज्ञानका क्षेत्रलाई मात्र मान्यता दिने गरेको छ । गत वर्ष, बेलायती वैज्ञानिक पिटर राचक्लिफ र अमेरिकीहरु विलियम काइलिन र ग्रेग सेमेन्जालाई शरीरका कोषको प्रतिक्रियाका बारेमा अनुसन्धान गरेबापत संयुक्तरुपमा पुरस्कार दिइएको थियो । 

नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन् । 

चिकित्सा बाहेक अन्य पुरस्कारहरु भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र विधामा दिइन्छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x