
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार १२ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९७ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात शुक्रबार असार १० गतेका दिन, छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
अईतबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको देख्न सकिन्छ ।