
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार नेपाल एसबिआई बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ६ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । बैंकको सोहि बोनस शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो। नेपाल एसबिआई बैंक लिमिटेडको कुल जम्मा ५३ लाख ७३ हजार ७२३.३३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
