२८ रुपैयाँ प्रतिशेयर आम्दानी भएकाे एनआईसी एशिया बैङ्ककाे लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। एनआईसी एशिया बैङ्कको नाफा ४.९२ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ९ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले ३ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनआईसी एशिया बैङ्कले २ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ७ अर्ब १७ कराेड रुपैयाँ र संचित मुनाफा १ अर्ब ९५ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २१.३४ प्रतिशतले बढेर ९ अर्ब २२ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब ९२ कराेड रुपैयाँ रहेकाे छ अर्थात एनआईसी एशिया बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट १६.६१ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैंककाे निष्कृय कर्जा अनुपात ०.४६ प्रतिशत र प्रतिशेयर आम्दानी २८ रुपैयाँ ११ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ र पछिल्लाे काराेबार मूल्य रू १०३४ काे आधारमा मूल्य आम्दानी अनुपात ३६.७८ गुणा रहेकाे छ ।
nic asia bank

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x