बुधबार सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँको वृद्धि, चाँदीको मूल्यमा भने गिरावट


ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत ४ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ८६ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ४ सय ५० रुपैयाँ तोकिएको छ ।

मंगलबार चैत ३ गतेका दिन छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।



बुधबार सुनको मूल्यमा वृद्धि भए पनि चाँदीको मूल्यमा भने गिरावट आएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा किनबेच हुँदैछ । मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले ऒरालो लागेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x