अधिकांश वित्तीय सूचकमा उल्लेख्य सुधार गरेको किसान लघुवित्तकाे नाफा १४ करोड ९० लाख

klbsl

ज्ञानमाण्डू। आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले ७६ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १४ करोड ९० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।


३९ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको किसान लघुवित्तले १ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, किसान लघुवित्तले ४ अर्ब ६४ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा २४ करोड २५ लाख रुपैयाँ रहेको छ ।

किसान लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३१३.४१ प्रतिशतले बढेर ४० करोड १० लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ३.४६ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ६२ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १७०० काे आधारमा मूल्य आम्दानी अनुपात ४४.७९ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x