विदेशी पर्यटकको रोजाइमा बागलुङ

ज्ञानमाण्डू।भ्रमण वर्ष २०२० सुरु भएसँगै बागलुङ जिल्लामा विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थान पर्यटकीय गन्तव्यका रूपमा विकसित भई प्रचार प्रचार बढेसँगै विदेशी पर्यटकको रोजाइ बन्न थालेको हो । 

बागलुङ नगरपालिकाले विश्व भेगन अर्गनाइजेशनसँग पर्यटक भित्र्याउन संस्थागत पहल थालेको थियो । सो संस्थाको साझेदारीसँगै दुई चरणमा विदेशी पर्यटक यहाँ आइसकेका छन् । आगमी दिनमा पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जाने अपेक्षा समेत गरिएको छ । मङ्गलबार बागलुङ घुम्न १० क्यानेडियन र अमेरिकन पर्यटक आएका छन् । गत कात्तिकमा २१ युरोपियन तथा अमेरिकन यहाँ आएका थिए । 

सडक मार्गको बढ्दो पहुँचसँगै पदमार्ग हराउँदै जान थालेपछि विदेशी पर्यटकको रोजाइ जिल्लामा पर्न थालेको हो । यहाँ आएका विदेशी पर्यटक पदमार्गमार्फत जिल्लाको पहिलो घर वास अतिथि सत्कार घर वास भकुण्डे जाने गर्दछन् । सो घरवासमा चिनियाँ तथा जापनिज पर्यटक हेलिकोप्टरमार्फत सोझै पुग्ने गर्दछन् । जिल्ला विदेशी पर्यटक समूहमै भित्रिन थालेपछि यहाँको होटेल तथा व्यवसाय फस्टाउने अपेक्षासमेत गरिएको छ । भ्रमण वर्ष सफल गराउन सहयोग पुग्ने अपेक्षा राखिएको नगरपालिकाले जनाएको छ । जिल्लामा विदेशी पर्यटक भित्र्याएर पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न नगरपालिकाले दुई वर्ष पहिला पर्यटन व्यवसायीसँगको संयोजनमा सो सस्थालार्ई पर्यटक ल्याउन प्रस्ताव पेस गरेको थियो । 

पर्यटन प्रवर्द्धन गर्न सो संस्थालाई प्रस्ताव गरेको दुई वर्षपछि यहाँ विदेशी पर्यटक भित्रन थालेको नगरपालिका प्रमुख जनकराज पौडेलले जानकारी दिए । “हामीले जिल्लामा विदेशी पर्यटक भित्र्याउन दुई वर्षदेखि भेगन अर्गनाइजेशनको सुझावअनुरुप सडक मर्मत, पदमार्ग तथा पर्यटकीय क्षेत्रको विकास गर्‍यौ”, उनले भने , “संस्थाको सल्लाहअनुसार पर्यटक आउने वातावरण सिर्जना गरेपश्चात् भ्रमण वर्षलाई लक्षित गरी विदेशी पर्यटकहरू आइरहेका हुन् ।” प्रमुख पौडेलका अनुसार जिल्लामा विदेशी पर्यटकहरूको सङ्ख्या क्रमशः वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ ।

पहिलो पटक यहाँ भित्रिएका युरोपियन र अमेरिकन पर्यटकले गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर, बजार, घर वास भकुण्डे, मूलाबारी भ्यू टावर लगायतको अवलोकन गरेका थिए । निकै खुसी भएर फर्केपछि जिल्लामा दोस्रो पटक सोही स्थान घुम्न क्यानेडियन र अमेरिकन पर्यटक आएका ट्रेकिङ व्यवसायी महादेव शर्माले जानकारी दिए । विश्व भेगन अर्गनाइजेशन अमेरिकाका अध्यक्ष ज्याकले जिल्लाको पर्यटक प्रवर्द्धनमा निरन्तर पहल गरिरहेको भएको जनाइएको छ । 

अन्तर्राष्ट्रियजगत्मा जिल्लालाई चिनाउन विश्व भेगन अर्गनाइजेशनमा समावेश हुनु पर्यटन व्यवसायीहरुका लागि खुसीको कुरा भएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x