एनएमबि बैंकको नाफामा ४७.६९ प्रतिशतकाे वृद्धि, कस्ता छन् अन्य सूचकहरू ?

nmb bank

ज्ञानमाण्डू। एनएमबि बैंकको नाफा ४७.६९ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ९ करोड २७ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैंकले १ अर्ब ६१ करोड ३९ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


१४ अर्ब ४४ करोड ७७ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि बैंकले १ खर्ब ४२ अर्ब ५६ करोड ६६ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब २९ करोड २० लाख ३६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब १० कराेड ९२ लाख ३० हजार रुपैयाँ र संचित मुनाफा ३ अर्ब ४९ कराेड ७८ लाख ६३ हजार रूपैयाँ रहेको छ ।
 
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४.९४ प्रतिशतले बढेर २ अर्ब ८६ करोड ९४ लाख ९२ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब ५० कराेड ९६ लाख ९२ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात २.३८ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५० पैसा छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ४१ पैसा छ र मूल्य आम्दानी अनुपात १९.७३ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x