
ज्ञानमाण्डू।नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश परिमार्जन गरेको छ।
कम्पनीको मिति २०७८ साल अषाढ ७ गते, सोमबारका दिन बसेको सञ्चालक समितिको ३४० औँ बैठकले आ. व. २०७६/०७७ सम्मको संचित वितरण योग्य मुनाफा र शेयर प्रिमियमबाट हाल कायम चुक्ता पुँजी १० अर्ब रुपैँयाको १६.५० प्रतिशतले हुन आउने बोनस शेयर र ३.५० प्रतिशतले हुन आउने नगद लाभांश(बोनस शेयरमा लाग्ने कर समेत) गरि कुल २० प्रतिशत आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको थियो ।
तर बीमा समितिको निर्देशन अनुसार वित्तीय विवरण परिमार्जन गरेपछि कम्पनीको लाभांश परिमार्जन भएको जनाउँदै कम्पनीको भदौ २२ गते पुन बसेको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गर्ने निर्णय गरेको हो।
कम्पनीको मिति २०७८ साल भाद्र २२ गते, मंगलबारका दिन बसेको सञ्चालक समितिको ३५९ औँ बैठकले गरेको निर्णय अनुसार कम्पनीले अब हाल कायम चुक्ता पूँजी १० अर्ब रुपैँयाको १६.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित २.५० प्रतिशत नगद लाभांश गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ। प्रस्तावित लाभांश नेपाल सरकार अर्थ मन्त्रालय र नियामक निकाय बिमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने पहिलो लाभांश हो ।
