ग्लोबल आइएमई बैंकद्धारा कालिकोेटमा राहत वितरण

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कालिकोेट जिल्लाको पलाँता गाउँपालिका–१ खाँडाका अग्निपीडितलाई राहत वितरण गरेको छ । बैंकले मिति २०७५÷०९÷०८ गते रातीे भएको आगलागीबाट पीडित ८७ घरपरिवारलाई ८७ थान ब्लाङकेट र बाकस तथा विद्यार्थीलाई १४० थान ज्याकेट, ट्रयाक–सुट, जुत्ता र मोजा वितरण गरेको हो । आगलागीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस भन्ने उद्धेश्यले बैंकल उक्त बिभिन्न सामाग्रीहरु उपलब्ध गराएकोे हो । ्उक्त राहत सामाग्रीहरुको वितरण श्री गणेश आधारभुत विद्यालयको प्राङ्गणमा गरिएको हो । 

ग्लोबल आइएमई बैंक लि.ले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहँदै आएको छ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ११६ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x