भ्रमण वर्ष सफल बनाउन सांस्कृतिक मेला

ज्ञानमाण्डू।‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउने उद्देश्यले आयोजित ‘दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०७६’ यही फागुन १६ गतेदेखि सुरु हुने भएको छ । 

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गर्ने सो मेला यही फागुन २५ गतेसम्म सञ्चालन हुनेछ । ग्रुपले आज यहाँ पत्रकार सम्मेलन गरी मेलामा नेपालसहित इस्टोनिया, बङ्गलादेश, श्रीलङ्का, डेनमार्क, इजरायल, भारत र मलेसियालगायतका देशबाट विभिन्न सांस्कृतिक समूहका २५० भन्दाबढी कलाकारले भाग लिने जानकारी दिएको छ । 

मेला अवधिभर कलाकारले आआफ्नो संस्कृति झल्कने वेषभूषा लगाई सांस्कृतिक झाँकी प्रस्तुत गर्ने र आ–आफ्नो देशको लोकगीत, सङ्गीत र लोक नृत्य प्रस्तुत गर्ने मेलाका संयोजक रामचन्द्र कोइरालाले जानकारी दिए । मेला काठमाडौँ, ललितपुर, पोखरा, जस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा आयोजना गरिनेछ । मेलाबाट देशका विविध संस्कृति, पुरातात्त्विक र अन्य पर्यटकीय स्थलको मात्र नभई सम्पूर्ण नेपालकै विश्व सामु प्रचारप्रसार हुनसक्ने अपेक्षा गरिएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x