गिद्धको नयाँ प्रजाति

ज्ञानमाण्डू।प्रकृतिको कुचिकार मानिएको गिद्धको नयाँ प्रजाति जाजरकोटमा फेला परेको छ । समुद्र सतहदेखि एक हजार ७०० मिटरको उचाइ रहेको वारेकोट गाउँपालिका–१ आग्रखोलामा राज नाम गरेको एक जोडी गिद्ध भेटिएको हो । जाजरकोटमा चरा, अन्य लोपोन्मुख जन्तुको संरक्षण तथा खोजीमा क्रियाशील गोविन्दबहादुर सिंहका अनुसार बारेकोट गाउँपालिकाको जङ्गलमा भेटिएको गिद्ध विश्वकै लोपोन्मुख चराका रूपमा रहेको छ । 

अरूभन्दा फरक गुण र स्वभाव गरेको यो राजगिद्ध नेपालको तराई भेगमा पाइने भए पनि जाजरकोटमा यसको वासस्थान रहेछ भन्ने प्रमाणित भएको सिंहले बताए । राजगिद्ध अरूको मुखको सिनो पनि खोसेर खाने तथा सिनो खाइरहेको अवस्थामा कुनै पनि गिद्धले यसलाई आक्रमण गर्न नसक्ने स्वभाव भएको चराका रूपमा लिने गरेको सिंहले जानकारी दिए । 

यसअघि जाजरकोटलाई बासस्थान बनाएका सेतो, हाडफोर, सुन र हिमाली गिद्ध गुँडसहित भेटिएका छन् । पछिल्लो समयमा सिमलको रुख विनाश तथा सिनोमा विषादी मिसिएकाले यसको सङ्ख्या घट्दो रहेको पक्षी विज्ञको भनाइ छ । गिद्ध संरक्षणका लागि आहारको व्यवस्थापन र सिमलका रुखको संरक्षण गर्नुपर्ने उनीहरूको सुझाव छ । यहाँको वनस्पति र जीवजन्तुको उचित संरक्षणमा राष्ट्रियस्तरको कार्यक्रम बन्न जरुरी रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । 

अध्यक्ष शाहले गाउँपालिकास्तरबाट हुने कार्यक्रम सानो हुने र केन्द्रीयस्तरबाट नै महत्त्वसाथ जाजरकोटमा पाइएका, पाइन सक्ने जीवजन्तु, चराको खोजी र संरक्षणमा पहलको खाँचो रहेको बताए । यहाँ विश्वकै दुर्लभ जनावर रेडपाण्डा, दुर्लभ पक्षी चिरकालिजलगायत अन्य जीवजन्तु पाइएका छन् । स्थानीय जनता, सरकार र सरोकारवालाले जाजरकोटको जैविक विविधता, यहाँ भेटिएका विश्वकै दुर्लभ पक्षी, जनावर बचाउन तथा यसको वृद्धि गरेर विश्वलाई नै सन्देश दिन सकिने पक्षी, जनावरको खोजी तथा संरक्षणकर्ता सिंहले बताए । उनले सबैको चासो हुने हो भने जाजरकोट महत्त्वपूर्ण दुर्लभ पक्षी तथा जनावरको पर्यटकीय गन्तव्य बन्न सक्ने बताए ।

लोपोन्मुख पक्षी तथा जनावरको संरक्षणका लागि जाजरकोटका स्थानीय तहले खासै पहल नगरेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयले बारेकोट गाउँपालिका, नलगाड नगरपालिका र कुशे गाउँपालिकालाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न अध्ययन कार्य पूरा गरेको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x