सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव

ज्ञानमाण्डू।प्रदेश नं १ सरकारले पाँच लाख पर्यटक भित्र्याउन लिएको लक्ष्य पूरा गर्न कोसी पर्यटन महोत्सव गरिने भएको छ । सुनसरीको कोसी गाउँपालिकाले कोसी टप्पु वन्यजन्तु आरक्ष कार्यालय नजिक प्रदेश सरकार र केन्द्र सरकारले नेपाल भ्रमण वर्षमा लिएको लक्ष्य पूरा गर्न कोसी पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो । 

भ्रमण वर्ष २०२० मा लिएको पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न कोसी पर्यटन महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताए । गाउँपालिकाले आयोजना गर्ने पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले नौ दिने बृहत् कोसी पर्यटन महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष अन्सारीले बताए । 

आगामी माघ १९ देखि २७ गतेसम्म कोसी टप्पु वन्यजन्तु आरक्ष प्रवेशद्वारका रूपमा रहेको पश्चिम कुशाहामा आन्तरिकसँगै छिमेकी भारतका पर्यटकलाई समेत आकर्षित गर्ने योजनासहित महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिएका छन् ।

प्रदेश १ कै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको सप्तकोशी नदी, कोसी टप्पु वन्यजन्तु आरक्ष र ठूलाठूला सिमसारमा पाइने विभिन्न प्रजातिका पक्षी, जलचर, अर्नासहितका वन्यजन्तु, कोशीको जलयात्रा जस्ता धेरै सम्भावनाले यो क्षेत्रका जनताको जीवनस्तर उकास्न सकिने भएकाले त्यसका लागि आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न महोत्सवले थप मद्दत पुर्‍याउने गाउँपालिकाका अध्यक्ष अन्सारीले बताएका छन् । 

महोत्सवसँगै यस क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेर यो क्षेत्रका जनताको स्थानीय उत्पादनको बजार प्रवर्द्धन, होटेलसहितका क्षेत्रमा लगानीको सम्भावनालाई व्यवहारमा उतार्ने लक्ष्य रहेको उनले जानकारी दिए । स्थानीय स्तरमा स्थानीय साधन स्रोतबाट उत्पादन हुने उत्पादन, स्थानीय संस्कृति प्रवर्द्धन, स्थानीय खानाका कक्ष, स्थानीय पर्यटकीय क्षेत्रको प्रवर्द्धनमूलक सन्देश, सप्तकोशी नदीमा बोटिङ, हात्ती सफारी, आरक्ष अवलोकन र साङ्गीतिक कार्यको प्रदर्शनी गर्ने योजना रहेको अध्यक्ष अन्सारीले जनाए । कोसी पर्यटन महोत्सवमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताइएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x